कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना भाइरस (कोभिड- १९)को संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

बुधबार ट्वीटमार्फत मुख्यसचिव वैरागीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, 'मलाई कोरोना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ ।'

मुख्यसचिव वैरागीले केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित : कार्तिक १२, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?