मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

कार्तिक १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना भाइरस (कोभिड- १९)को संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

बुधबार ट्वीटमार्फत मुख्यसचिव वैरागीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, 'मलाई कोरोना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ ।'

मुख्यसचिव वैरागीले केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully