कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा एक कोरोना संक्रमितकाे मृत्यु

रासस

दमौली — तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको साेमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँमा एक कोरोना संक्रमितकाे मृत्यु

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ ।

प्रकाशित : कार्तिक १०, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?