कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चितवन मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका ५१ जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालले जारी गरेको विज्ञप्ती अनुसार भरतपुर महानगरपालिका–१० की ६७ वर्षीया महिलाको सोमबार दिउँसो पौने दुई बजे मृत्यु भएको छ । उनी कात्तिक ५ गते उक्त अस्पताल आएकी थिइन् । मृगौलाको दिर्घ रोगीसमेत रहेकी उनी श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर अस्पताल आएकी थिइन् । कात्तिक ६ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

अवस्था जटिल हुँदै गएपछि उनलाई अस्पतालले आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । यसअघि भरतपुर महानगरपालिकाका–१ का ७७ वर्षका पुरुषको आइतबार मध्यरातपछि मृत्यु भएको अस्प्तालले जनाएको छ । कात्तिक २ गते संक्रमण पुष्टि भए पनि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । समस्या बढ्दै गएपछि कात्तिक ८ गते अस्पताल आएका थिए । उनको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।

चितवन स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार चितवनमा सोमबार दिउँसोसम्म कुल संक्रमितको संख्या ३ हजार ९ सय ४७ पुगेको छ । तीमध्ये २ हजार १ सय ४४ मात्र निको भएका छन् । निको हुन बाँकी एक हजार ७ सय ५२ छन् । निको हुन बाँकीमध्ये १ हजार ३ सय ४५ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित : कार्तिक १०, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?