राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

कार्तिक ९, २०७७

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि आइतबार घर फर्किएका हुन् ।

गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको  थियो ।

डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी तथा आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । 

१० दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने जनाइएको छ  ।

कोरोना भाइरस

रासस

Link copied successfully