कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘खर्च बेहाेर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्नु’

रासस

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहाेर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च बेहाेर्न नसक्ने संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो ।

‘खर्च बेहाेर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्नु’

कतिपय अस्पतालले कोभिड–१९ का बिरामीलाई भर्ना गर्दाको रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेलाई उपचार सेवाबाट वञ्चित गरेको र अस्पतालले रकम जम्मा गर्न सूचना सार्वजनिक गरी खर्च बेहाेर्न नसक्ने बिरामी उपचार पाउनबाट वञ्चित भएको गुनासो आएको थियो ।

मन्त्रालयका आइसिएस कोअर्डिनेटर डा गुणराज लोहनीले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका लक्षित वर्गका बिरामीको उपचार नगरी स्वास्थ्यमा असर पर्न गएमा अस्पताल स्वयं जिम्मेवार हुने बताएका छन् । उनले गरीब, विपन्न, अशक्त, असहाय र ज्येष्ठ नागरिकको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीका तर्फबाट स्वयं घोषणा भए मात्रै पनि मान्य हुने बताएका छन् । लक्षित वर्गको उपचार खर्च सकारले व्यहोर्ने पनि उनले प्रष्ट पारेका छन् ।

प्रकाशित : कार्तिक ९, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?