काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १ हजार ५ सय ३५ कोरोना संक्रमित

कार्तिक ९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ६ सय २९ महिला र ९ सय ६ पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  काठमाडाैंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ काेराेाना थपिएका छन् ।

आइतबार देशभर नयाँ २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully