प्रदेश १ का सांसदले लिएनन् दसैं खर्च

देवनारायण साह

मोरङ — संघीय सांसद तथा अन्य प्रदेशका प्रदेशसभा सदस्यहरुलाई दसैं खर्च बापत रकम उपलब्ध गराइएपनि प्रदेश १ का सांसदहरुले दसैं भत्ता लिएनन् ।

प्रदेश १ का सांसदले लिएनन् दसैं खर्च

प्रदेश १ सभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रदेशसभा सदस्यहरुलाई दसैं खर्च उपलब्ध गराउने व्यवस्था नभएकाले नदिने गरेको बताए ।

प्रदेशसभा सदस्यका स्वकीय सचिवहरु कर्मचारी सो सरह भएकाले उनीहरुलाई दसैं खर्च भने उपलब्ध गराएको छ ।

प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाको ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक सदस्य छन् ।

प्रकाशित : कार्तिक ३, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?