ललितपुर-२९ मा ज्येष्ठ नागरिकको निःशुल्क कोरोना बिमा

आश्विन २८, २०७७

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिका–२९ ले वडाभित्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क कोरोना बिमा गरेको छ ।

वडाध्यक्ष गणेश महर्जनका अनुसार ६४ जना ज्येष्ठ नागरिकको वडाले निःशुल्क कोरोना बिमा गरेको हो । 

यो कोरोना बिमा ७७ को चैतसम्म मात्र सीमित हुने उनले बताए । ‘ज्येष्ठ नागरिकमा छिटो संक्रमण फैलने भएकाले उहाँहरुको बिमा गरेका हौं,’ उनले भने, ‘हरेक व्यक्तिको एक लाख रुपैयाँ बराबरको बिमा गरेका छौं ।’ 

गत वर्षको बजेटबाट ज्येष्ठ नागरिकको बिमा गरेपनि यसरी कोरोना संक्रमितको संख्या बढ्दै गएको खण्डमा दीर्घ रोगी, बालबालिका लगायत अन्य व्यक्तिहरुको पनि बिमा गरिदिने योजना रहको उनले जानकारी दिए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully