१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपत्यकामा कोरोनाको जोखिम घटेको छैन, उच्च सतर्कता अपनाऔं : सरकारका प्रवक्ता 

'हामी स्वस्थ रह्यौं भने चाडबाड फेरि पनि मनाउन सक्छौं'
'चाडपर्वमा काठमाडौंबाट गाउँ जाने र गाउँबाट काठमाडौं फर्कने गर्दा संक्रमण पनि ओहोरदोहोर हुने जोखिम उच्च हुन्छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । मन्त्रिपरिषद्ले असोज १९ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञवालीले सबैलाई सचेतता अपनाउन आग्रह गरेका हुन् । 

उपत्यकामा कोरोनाको जोखिम घटेको छैन, उच्च सतर्कता अपनाऔं : सरकारका प्रवक्ता 

पत्रकार सम्मेलनमा उनले भने, 'अरु जिल्लाहरूमा कोरोनाको प्रकोप बिस्तारै नियन्त्रणउन्मुख भ एपनि काठमाडौं उपत्यका जोखिममा छ । पछिल्लो समय मुलुकभरका संक्रमितिमध्ये आधाभन्दा बढी काठमाडौंका छन् ।'

विभिन्न सेवा प्रवाह गर्दा वा लिँदा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । प्रदर्शन गर्दा वा अन्य गतिविधि गर्दा पनि उनले उच्च सतर्कता अपनाउनुपर्ने भनाइ राखेका थिए । पछिल्लो समय अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गराउन सरकारलाई दबाब दिनका लागि भइरहेका प्रदर्शनप्रति लक्षित गर्दै ज्ञवालीले भने, 'गुनासा पोख्नुपर्ने भयो वा अन्य गतिविधि गर्नुपर्ने भयो भने काठमाडौंमा उच्च सतर्कता अपनाउन आग्रह गर्दछौं ।'

मुलुकका अन्य जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा आइरहेको दाबी गर्दै मन्त्री ज्ञवालीले काठमाडौं भने उच्च जोखिममा रहेको बताएका हुन् ।

दसैं र तिहार नजिकिँदै गएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो । 'चाडबाड नजिक आउँदै छ । दसैं नजिक छ । विशेष आग्रह छ हामी स्वस्थ रह्यौं भने फेरि पनि चाडबाड मनाउन सक्छौं ।'

ज्येष्ठ नागरिक कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले चाडबाडमा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनले बताए । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै मन्त्री ज्ञवालीले यसपालि टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने बताए ।

असोज १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णया गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । त्यस्तै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाआएर सबै तहका विद्यालय तथा विश्वविद्यालयहरुलाई परीक्षा र पठपाठन सञ्चालन गर्न पनि सहमति दिएको उनले बताए ।

प्रकाशित : आश्विन २१, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?