चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा मंगलबार साँझ एक जना कोराना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु

अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए । उनमा मंगलबार नै कोरोना पुष्टि भएको थियो ।

योसँगै चितवनमा कोरोना भाइरस संक्रमण देखिएका ४७ जनाको मृत्यु भएको छ । जसमा चितवनका मात्रै २६ जना छन् । अरु मृतकहरु चितवन बाहिर घर भएर उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएकाहरु हुन् ।

प्रकाशित : आश्विन २१, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?