उपत्यकामा २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना पुष्टि

आश्विन २०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौँ उपत्यकामा २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना संक्रमित देखिएका हुन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully