कोरोना संक्रमणबाट कावासोतीका एक जनाको मृत्यु 

आश्विन २०, २०७७

नारायण शर्मा

नवलपरासी पूर्व — कोरोना भाइरसको संक्रमणबाट कावासोतीका एक पुरुषको चितवन मेडिकलमा उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका कावासोती नगरपालिका वडा नम्बर ५ का ७७ वर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । 

अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार उनमा निमोनियासमेत देखिएको थियो । गत शुक्रबार श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनमा दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार साँझसम्म नवलपरासी पूर्वमा संक्रमितको संख्या एक हजार १ सय १३ पुगेको छ । नवलपरासी पूर्वमा अहिलेसम्म ८ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully