२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

न्युजिल्यान्डले भाइरसलाई फेरि परास्त गर्‍यो : प्रधानमन्त्री आर्डन

एजेन्सी

अकल्यान्ड — न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले न्युजिल्यान्डले कोरोना भाइरसलाई फेरि पनि परास्त गरेको बताएकी छन् ।

न्युजिल्यान्डले भाइरसलाई फेरि परास्त गर्‍यो : प्रधानमन्त्री आर्डन

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले अकल्यान्ड सहरमा निषेधाज्ञाहरू खुकुलो बनाइएको घोषणासमेत गरिन् । भाइरसको संक्रमण दरमा उल्लेखनीय रूपमा सुधार आएको भन्दै उनले अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरू यसै साताबाट खुकुलो बनाइएको जनाइन् ।

प्रधानमन्त्री आर्डर्नले १२ दिनदेखि अकल्यान्डमा नयाँ संक्रमित नदेखिएका जनाइन् । सेप्टेम्बर अन्त्यमा भाइरसको संक्रमण पुष्टि भएपछि न्युजिल्यान्डमा प्रतिबन्धहरू लगाइएको थियो ।

न्युजिल्यान्डका स्वास्थ्यमन्त्रीले भने पछिल्लो २४ घण्टामा एक जनामा भाइरसको संक्रमण देखिएको बताए । उनका अनुसार देशभर हाल ४० जना सक्रिय संक्रमित छन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिर्सोस सेन्टरको तथ्यांकअनुसार न्युजिल्यान्डमा अहिलेसम्म एक हजार ८ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाबाट न्युजिल्यान्डमा २५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?