कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घण्टामा थप १५ सय ३१ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा २४ घण्टामा थप १५ सय ३१ जनामा कोरोना संक्रमण

काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइतबार काठमाडौंमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ गरी उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिएका थिए ।

२४ घन्टामा १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ८८ हजार २ सय २९ पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

देशभर भने पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना संक्रमित निको भएका छन् ।

प्रकाशित : आश्विन १९, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?