२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा

सोमबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मात्रै उपस्थित
कान्तिपुर संवाददाता

काठमाडौँ — एक जना न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बसेका छन् । 

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा

सोमबार दुई जना न्यायाधीश मात्रै सर्वोच्च अदालत गएका छन् । ती दुई न्यायाधीश सम्मिलित एकल र संयुक्त इजलासले मात्रै मुद्दाको सुनुवाइ गर्नेछ ।

सर्वोच्च अदालतमा हाल १९ न्यायाधीश छन् । तीमध्ये एक जनालाई संक्रमण देखिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा बाहेकका १६ न्यायाधीश क्वारेन्टाइनमा छन् । एकजना न्यायाधीश भने संक्रमणका कारण आइसोलेसनमा छन् ।

उनीहरु केही दिन होम क्वारेन्टाइनमा रहने र त्यसपछि स्वाब परीक्षण गर्ने तयारी छ ।

संक्रमण देखिएका न्यायाधी सहित अरु अधिकांश न्यायाधीश केही दिनअघि सर्वोच्च अदालतभित्रै सामूहिक बैठकमा थिए ।

सर्वोच्च अदालतले आइतबार सूचना जारी गरी एक न्यायाधीश र केही कर्मचारीमा संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा रहेको जनाएको थियो ।


प्रकाशित : आश्विन १९, २०७७ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?