कोहलपुरमा मेडिकल कलेजमा दैलेखका कोरोना संक्रमित पुरुषको मृत्यु

आश्विन १८, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरमा आइतबार कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका-८का ५१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

आइतबार दिउँसो पौने १ बजे भर्ना भएका कोरोना संक्रमित ती बिरामीको दिउँसो १:३५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका हालसम्म १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully