काठमाडौँ उपत्यकामा २४ घन्टामा थप १ हजार १७७ जना कोरोना संक्रमित - समाचार - कान्तिपुर समाचार

काठमाडौँ उपत्यकामा २४ घन्टामा थप १ हजार १७७ जना कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप  १ हजार १७७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

२४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् ।

शुक्रबार उपत्यकामा अहिलेसम्मकै उच्च १ हजार ६३८ कोरोना संक्रमित देखिएका थिए ।


प्रकाशित : आश्विन १७, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

 २४ घन्टामा थपिए २ हजार १२० कोरोना संक्रमित, २ हजार ४४ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

२४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् ।




स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित : आश्विन १७, २०७७ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×