काठमाडौँ — रोल्पा घर भई हाल ललितपुर लेले बस्ने २७ वर्षीया सुनिता पुनमगर भोक सहनै नसकेपछि आफ्ना ३ महिने जुम्ल्याहा छोराछोरी बोकेर गाउँमा खानेकुरा मागेर गुजारा चलाउँदै आएकी छिन् ।
१५ वर्षदेखि लेलेको इँटाभट्टामा ज्यालादारी काम गर्दै, त्यसकै परिसरमा बस्दै आएका उनी र श्रीमान् दुवैको रोजगारी खोसिएपछि गुजारा गर्न धौधौ परेको छ ।

