गाँसको खोजी

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — रोल्पा घर भई हाल ललितपुर लेले बस्ने २७ वर्षीया सुनिता पुनमगर भोक सहनै नसकेपछि आफ्ना ३ महिने जुम्ल्याहा छोराछोरी बोकेर गाउँमा खानेकुरा मागेर गुजारा चलाउँदै आएकी छिन् ।

१५ वर्षदेखि लेलेको इँटाभट्टामा ज्यालादारी काम गर्दै, त्यसकै परिसरमा बस्दै आएका उनी र श्रीमान् दुवैको रोजगारी खोसिएपछि गुजारा गर्न धौधौ परेको छ ।

उनी भन्छिन्, ‘लकडाउन खुले पनि भट्टा खुलेन । श्रीमान् मजदुरीको काम खोज्दै हिँड्नुभएको छ तर काम पाइँदैन । काखे बच्चा छन्, खानै नपाएर मरिएलाजस्तो भइसक्यो।’

कोरोना संक्रमण जोखिमका कारण गत चैतमा गरिएको लकडाउनसँगै इँटा उद्योगहरू बन्द हुँदा सुनिताजस्ता धेरै मजदुर परिवारको बिजोग छ ।

प्रकाशित : आश्विन १७, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्