२४ घन्टामा थपिए २ हजार १२० कोरोना संक्रमित, २ हजार ४४ जना डिस्चार्ज- समाचार - कान्तिपुर समाचार

 २४ घन्टामा थपिए २ हजार १२० कोरोना संक्रमित, २ हजार ४४ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

२४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् ।




स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित : आश्विन १७, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान

तृप्ति शाही

बैतडी — बैतडीको पाटन विमानस्थलमा शनिबार दिउँसो परीक्षण उडान सम्पन्‍न भएको छ । समिट एअरको विमानले परीक्षण उडान गरेको हो । हालै कालोपत्रे गरिएको विमानस्थलमा गरिएको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्री माया भट्ट र सांसदहरु दामोदर भण्डारी र प्रेम आलेलगायतका टोली रहेको थियो ।

शनिबार बैतडीको पाटनलगायत सुदूरपश्चिमका डोटी र बझाङ विमानस्थलमा समेत परीक्षण उडान भएका छन् ।

मन्त्री भट्टराईले हिमाली तथा पहाडी जिल्लामा सहज यातायातका लागि हवाइ सेवा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशमा ८ विमानस्थल कालोपत्रे भइसकेको जानकारी दिए । उनले छिट्टै नियमित उडान भर्नका लागि सम्बन्धित एअरलाइन्सको तालिका आउने बताएका छन् ।

२०५२ देखि बन्द रहेको बैतडी विमानस्थलको टर्मिनल भवन लगायतका पूर्वाधार जीर्ण अवस्थामा रहेकोले चाँडै टर्मिनल भवन निर्माण गरिने मन्त्री भट्टराईले बताए ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुराको कोल्टी, कैलालीमा गेटा र टीकापुर, कञ्चनपुर, अछाममा सॉफे र कमल बजार, दार्चुलाको गोकुलेश्वर, बझाङ र डोटीमा विमानस्थल रहेका छन् । हाल कैलालीको गेटा विमानस्थलबाट मात्र नियमित उडान हुने गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७७ १६:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×