कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघ्यो 

आश्विन १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मंगलबार ७ सय ३१ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको हो । यो कूल संक्रमितको ७२.६  प्रतिशत हो ।

सोमबार नेपालमा ७ सय ४२ जना संक्रमित निको भएका थिए ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म  परीक्षणहरु १० लाख ९ हजार २ सय ९८ गरिएका छन् । 

मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या २० हजार ३ सय ९६ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully