१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

२४ घन्टामा थप १५ सय ७३ मा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ७३ जना कोरोना संक्रमित देखिएको जानकारी दिएका हुन् । 

२४ घन्टामा थप १५ सय ७३ मा कोरोना संक्रमण

उनका अनुसार अनुसार नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

२४ घन्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् । आइतबारसम्म ९ लाख ८८ हजार ३ सय २७ पीसीआर परीक्षण गरिएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइसोलेसनमा रहनेको संख्या १९ हजार १९ र क्वारेन्टाइनमा रहेकाको संख्या ६ हजार २ सय ८१ रहेको छ ।

नयाँ संक्रमितको जिल्लागत विवरण


प्रकाशित : आश्विन ११, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?