२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा शुक्रबार एक संक्रमितको मृत्यु भएको छ । स्वस्थ्यमा समस्या आएपछि बिहीबार लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका बुटवल–१० का ७२ वर्षीय पुरुषको दिउँसो ३ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

उनको बिहीबार भएको पीसीआर परीक्षणको नतिजा शुक्रबार बिहान आएको थियो । रिपोर्ट पाजिटिभ आएपछि कोरोना अस्पतलमा सारिएका उनको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए । मृतकमा मृगौला र श्वासप्रश्वासमा समस्या रहेको थियो ।

योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?