२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु, मृतककाे संख्या ४ सय ५९ पुग्यो

आश्विन ९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ३ जना पुरुष रहेको बताए ।

मृत्यु हुने महिलामा मोरङकी ६० वर्षीया, काठमाडौँकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया रहेका छिन् । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय रहेका छन् । 

मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४ सय ५९ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully