२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु, मृतककाे संख्या ४ सय ५९ पुग्यो

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु, मृतककाे संख्या ४ सय ५९ पुग्यो

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ३ जना पुरुष रहेको बताए ।

मृत्यु हुने महिलामा मोरङकी ६० वर्षीया, काठमाडौँकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया रहेका छिन् । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय रहेका छन् ।

मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४ सय ५९ पुगेको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?