उपत्यकामा २४ घण्टामा थपिए ६ सय ४५ कोरोना संक्रमित

आश्विन ९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५ सय ३ जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जनामा संक्रमणा देखिएकाे बताएका हुन् ।

शुक्रबार उपत्यकामा ६ सय ४५ जनामा काेराेना देखिएसँगै उपत्यकामा काेराेना संक्रमितकाे संख्या १८ हजार ९ सय ७६ पुगेकाे छ ।

सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा देखिएका छन् । शुक्रबारसम्म यहाँ संक्रमितको संख्या १६ हजार २ सय ६५ पुगेको छ । यस्तै, भक्तपुरमा १७ सय ९३ र ललितपुरमा १९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच काठमाडौंमा उपत्यकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक सय २४ पुगेको छ । शुक्रबार उपत्यकामा थप २ जना कोरोनाबाट मृत्यु भएका छन् । हालसम्म काठमाडौंमा कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु भएको छ । काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।

ललितपुरमा १८ र भक्तपुरमा १९ जनाको कोरोनाबाट ज्यान गएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully