प्रदेश ५ मा काेराेना संक्रमितको संख्या १० हजार नाघ्यो

शुक्रबार ६० थपिए, १ सय ५८ डिस्चार्ज

आश्विन ९, २०७७

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २७ जना पुगेको छ ।

शुक्रबार थप  ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा रुपन्देहीका १९ जना, बाँकेका १२, प्युठानका ११ जना, दाङका ७ जना, कपिलवस्तुका ५ जना, बर्दियाका ३ जना, गुल्मीका २ जना र नवलपरासी पश्चिमका एक जना हुन् । 

पछिल्लो २४ घण्टामा १ सय ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमितमध्ये २ हजार २ सय ३६ जना उपचारका क्रममा छन् । अहिलेसम्म ७ हजार ६ सय ६५ संक्रमित नीको भएका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण अहिलेसम्म ६५ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully