२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पहिराेले अवरूद्ध नारायणगढ–मुग्लिन सडककाे चार किलाेमा दुईतर्फी, पाँच किलाे र कुरिनटारमा एकतर्फी बाटाे खुल्याे

रमेशकुमार पौडेल

चितवन — पहिराेका कारण बन्द भएकाे नारायणगढ–मुग्लिन सडककाे मुग्लिन नजिक चार किलाेमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलाेमा एकतर्फी गाडी चलेका छन् ।

पहिराेले अवरूद्ध नारायणगढ–मुग्लिन सडककाे चार किलाेमा दुईतर्फी, पाँच किलाे र कुरिनटारमा एकतर्फी बाटाे खुल्याे

त्यसैगरि पृथ्वीराजमार्गकाे कुरिनटारमा पनि एकतर्फी सडक खुलेकाे चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयानिधी भट्टले जानकारी दिए ।

यी ठाउँमा हिजाे बुधबार बिहानदेखि नै पहिराेले समस्या ल्याएकाे थियाे । पानी पर्ने क्रम नराेकिएकाे हुँदा पहिराे जाने खतरा कायमै रहेकाेले सजग भएर यात्रा गर्न प्रहरीले अनुराेध गरेकाे छ ।

प्रकाशित : आश्विन ८, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?