पहिराेले अवरूद्ध नारायणगढ–मुग्लिन सडककाे चार किलाेमा दुईतर्फी, पाँच किलाे र कुरिनटारमा एकतर्फी बाटाे खुल्याे

आश्विन ८, २०७७

रमेशकुमार पौडेल

चितवन — पहिराेका कारण बन्द भएकाे नारायणगढ–मुग्लिन सडककाे मुग्लिन नजिक चार किलाेमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलाेमा एकतर्फी गाडी चलेका छन् ।

त्यसैगरि पृथ्वीराजमार्गकाे कुरिनटारमा पनि एकतर्फी सडक खुलेकाे चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयानिधी भट्टले जानकारी दिए ।

यी ठाउँमा हिजाे बुधबार बिहानदेखि नै पहिराेले समस्या ल्याएकाे थियाे । पानी पर्ने क्रम नराेकिएकाे हुँदा पहिराे जाने खतरा कायमै रहेकाेले सजग भएर यात्रा गर्न प्रहरीले अनुराेध गरेकाे छ । 

बाढी-पहिरो

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully