कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

स्याङ्जाको वालिङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

प्रतीक्षा काफ्ले

स्याङ्जा — वालिङ नगरपालिका–१४ तमादीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

स्याङ्जाको वालिङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपालीको शव फेला परेको छ ।

यसअघि २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । उनका अनुसार बेपत्ता दुई जनाको खोजी कार्य भइरहेको छ । पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखर रिफर गरिएको छ । पहिरोमा परी बेपत्ता अन्य दुई जनाको खोजी भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।

यसैगरी कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?