कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घन्टामा थप ८ सय ५९ कोरोना संक्रमित 

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उपत्यकामा २४ घन्टामा थप ८ सय ५९ कोरोना संक्रमित 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४ सय ५८ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३७ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेको छ ।



प्रकाशित : आश्विन २, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?