२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सर्लाहीका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

रमेशकुमार पौडेल

चितवन — मृगौला फेल भइ डायलाइसिस सेवा लिइरहेका सर्लाहीका एक जना ५५ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको छ ।

सर्लाहीका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार सर्लाही हरिपुर गाउँपालिकाका ती व्यक्तिमा खोकी र श्वासप्रश्वासको समस्या पनि थियो ।

भदौ १८ गते संक्रमण पुष्टि भएपछि सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । अवस्था जटिल हुँदै गएपछि भदौ २३ गते कोभिड आईसीयूमा राखेर उपचार र नियमित डायलाइसिस पनि हुँदै आएको अस्पतालले जनाएको छ । उनको शुक्रबार बिहान १० बजे निधन भएको हो ।

योसहित चितवनमा कोरोना भाइरसको संक्रमणका कारण निधन हुने व्यक्तिको संख्या ३१ पुगेको छ । जसमध्ये १७ जना चितवनका हुन् । अन्य व्यक्तिहरु उपचारका लागि विभिन्न जिल्लाबाट भरतपुर आएकाहरु हुन् ।

प्रकाशित : आश्विन २, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?