मध्यपुर थिमिका एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ । मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार ७ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका ती पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि तीन दिनअघि वीर अस्पताल लगिएको थियो ।

मध्यपुर थिमिका एक कोरोना संक्रमितको मृत्यु

वीर अस्पतालमा उपचारकै क्रममा ती पुरुषको शुक्रबार मृत्यु भएको जनाइएको छ । मृतकको परिवारका ७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु होम आइसोलेसनमै स्वास्थ्य लाभ गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

यससँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीमध्ये मध्यपुर थिमि नगरमा मात्र मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित : आश्विन २, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?