बुटवलको कोरोना विशेष अस्पतालमा एक काेराेना संक्रमितको मृत्यु

भाद्र २९, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमबार थप एक महिला संक्रमितको मृत्यु भएको छ ।

श्रीमानलाई कोरोना पुष्टि भएपछि जाँच गर्दा पोजिटिभ देखिएकी बुटवल–११ की ७२ वर्षीया महिलाको भेन्टिलेटरमा राखी उपचार गरिएकामा साँझ ७ बजेर ३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

१० गते अस्पताल भर्ना भएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि ११ गते बाट नै भेन्टिलेटरमा राखी उपचार गरिएको थियो’, उनले भने, ‘कोरोनाका कारण निमोनिया भएको र भेन्टिलेटर एसोसिएटेड इन्फेक्सन समेतका कारण मृत्यु भएको हो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully