कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुका कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका-६ बेलासपुरका २९ वर्षीय कोरोना संक्रमित पुरुषको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।

कपिलवस्तुका कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

जिल्लाका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाका अनुसार ती पुरुष मिर्गौला र उच्च रक्त चापका बिरामी थिए ।

भदौ १३ गते सिकिस्त बिरामी भएपछि ती पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो । उपचारकै क्रममा भदौ २२ गते उनमा कोरानो संक्रमण पुष्टि भएको थापाले बताए ।

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?