रुपन्देहीमा बिहीबार ८९ जना कोरोनामुक्त

भाद्र २५, २०७७

अमृता अनमोल

बुटवल — रुपन्देहीमा बिहीबार ८९ जना कोरोनामुक्त भएका छन् । कोरोना अस्पताल र विभिन्न आइसोलेसन केन्द्रबाट बिहीबार उनीहरुलाई कोरोनामुक्त घोषणा गरिएको रुपन्देही स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए । यससँगै जिल्लामा अहिलेसम्म ७ सय ४७ जना कोरोनाबाट निको भएका छन् ।

बिहीबार रुपन्देहीमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।  थपिनेमा २० जना पुरुष र ११ जना महिला छन् । योसँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय २१ पुगेको रुपन्देही स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत गुप्ताले जानकारी दिए । 

बिहीबार थपिनेमा बुटवल उपमहानगरपालिकाका १६ जना र सिद्धार्थनगर नगरपालिकाका ८ जना छन् । यस्तै मायादेवी गाउँपालिकाका ४ जना, देवदह नगरपालिकाका २ जना र तिलोत्तमा नगरपालिकाका १ जना छन् ।  

जिल्लामा हाल ६ सय ६० जना संक्रमित उपचारका क्रममा छन् । कोरोना संक्रमितमध्ये अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । 

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully