३५ हजार ७ सय कोरोना संक्रमित निको भए- समाचार - कान्तिपुर समाचार

३५ हजार ७ सय कोरोना संक्रमित निको भए

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा हालसम्म ३५ हजार ७ सय जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७० प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर : बिजु महर्जन/कान्तिपुर

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३५ हजार नाघेको हो ।

बुधबार कोरोनाबाट मुलुकभर ९ सय १८ जना निको भएका थिए । यस्तै, मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना सक्रिय संख्या रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको मिडिया ब्रिफिङमा बताएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८०६ जना पुगेको छ ।

हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ८ लाख १० हजार ४ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

बिहीबार नेपालमा थपिए १२ सय ४६ कोरोना संक्रमित
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितकोे संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर एक हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १४ हजार ४ सय ४८ छन् भने ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ८ लाख १० हजार ४८५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : भाद्र २५, २०७७ १६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×