२४ घन्टामा १८ सय १४ जना डिस्चार्ज 

भाद्र २१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ८ सय १४ जना रहेको जनाएको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ । 

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ३ सय ८२ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार २७ जना रहेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully