काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ५४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
स्वास्थ्य मन्त्रालयले २४ घन्टाको अध्यावधिक विवरणअनुसार सुनाउने क्रममा शनिबार उपत्यकामा ४ सय ८ जना कोरोना संक्रमित फेला परेको जनाएको थियो ।
