थप ९ सय ८० जनामा कोरोना संक्रमण

भाद्र २१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  पछिल्लो २४ घन्टामा ९ सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा जागेश्वर गौतमले २९० महिला र ६९० पुरुष संक्रमित भएको जनाए ।  

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४६ हजार २५७ संक्रमितको संख्या पुगेको जनाए ।

२४ घन्टाको अध्यावधिक विवरण अनुसार शनिबार १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ३ सय ८२ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार २७ जना रहेको छ । २४ घन्टामा थप ९ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय १४ जना डिस्चार्ज भएका छन् । 

 

 स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully