धुलिखेल अस्पतालमा बर्दिबासका ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु 

भाद्र २०, २०७७

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ  । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

 अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजिटिभ आएको थियो । 

काभ्रेमा कोरोना संक्रमणबाट जिल्लाका दुई जना र अन्य जिल्लाका ३ गरी ५ जनाको मृत्यु भइसकेको छ । 

शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना

बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र कुरुवामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । 

कोरोना भाइरस

नगेन्द्र

Link copied successfully