वीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु

भाद्र २०, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा विगत १५ दिनदेखि उपचार गराइरहेका एक कोरोना संक्रमित वृद्धको शुक्रबार राति मृत्यु भएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ७५ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ बजेको समयमा मृत्यु भएको हो । 

कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्ध गत भदौ ५ मा कोरोना अस्पतालमा भर्ना भएका थिए । डा.चौरसियाका अनुसार विगतमा क्षयरोग भएको ती वृद्धमा पछिल्लो समय दुवै फोक्सोमा निमोनिया देखिएको थियो । पर्सामा कोरोना संक्रमित ४० जनाको मृत्यु भएको छ ।  

कोरोना भाइरस

भूषण

Link copied successfully