धादिङमा मृत्यु भएका रसुवाका एक युवकमा कोरोना पुष्टि

हरिहरसिंह राठौर

धादिङ — धादिङमा मृत्यु भएका रसुवाका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गल्छीको बैरेनी बजारमा अशक्त भई ढलेका २९ वर्षीय युवकको मृत्यु पनि कोरोना पुष्टि भएको हो ।

चितवनबाट रसुवाको गोसाईकुण्ड–६ मा रहेको घर जानलाई आएका ती युवक गल्छीमै अशक्त भई ढलेका थिए । भदौ १४ गते उद्धारका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गर्न ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिए ।

नेपाली सेना र नेपाल प्रहरीको टोलीले स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार मृतकको शव व्यवस्थापन गरेको बस्नेतले बताए ।

प्रकाशित : भाद्र १९, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?