वीरगन्ज — नारायणी अस्पतालमा सोमबार राति पहिचान नखुलेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार करिब ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजेको समयमा नारायणी अस्पतालमा मृत्यु भएको हो ।
मृत्युपछि गरिएको जिन एक्सपर्ट टेस्टमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको डा.चौरसियाले जनाए । बेवारिसे अवस्थामा सडकमा रहेका ती व्यक्तिलाई स्थानीय युवाले गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए ।
‘हालसम्म मृतकको पहिचान खुलेको छैन्,’ डा.चौरसियाले भने, ‘मृत्युपछि गरिएको जिन एक्सपर्ट टेस्टमा कोरोना पोजिटिभ देखिएको छ ।’
