नेपालमा थपिए ८ सय ९९ कोरोना संक्रमित, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् ।

नेपालमा थपिए ८ सय ९९ कोरोना संक्रमित, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १७ हजार ८ सय २२ जना छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट ६ लाख ९३ हजार ४७२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार १२९ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : भाद्र १५, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?