प्रदेश ५ का १ हजार १०८ बालबालिकामा कोरोना संक्रमण

भाद्र १५, २०७७

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा कोरोना संक्रमित बालबालिकाको संख्या १ हजार १ सय ८ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकमा प्युठानमा सबैभन्दा बढी बालबालिकामा संक्रमित छन् ।

प्युठानमा ४ सय ३३ जना बालबालिकामा कोरोना संक्रमणमा देखिएको हो । 

दाङमा १ सय ७७ र बर्दियामा एक सय ५६ बालबालिका संक्रमित भएका छन् । गुल्मीमा ८४, रुपन्देहीमा ७२, कपिलवस्तुमा ५८, बाँकेमा ५२ एवं पाल्पा र अर्घाखाँचीमा २५/२५ जना बालबालिका संक्रमित छन् । 

यस्तै, नवलपरासी पश्चिममा १४, रुकुम पूर्वमा ९ र रोल्पाका ३ जना संक्रमित छन् ।

संक्रमणमा परेका बालबालिकामध्ये ९२ बालबालिका उपचारको क्रममा रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

संक्रमित होम आइसोलेसनमा बस्दा बच्चाहरुसँग घुलमेल गर्ने र आशंकाका व्यक्तिले स्वास्थ्य सावधानी नअपनाउँदा बालबालिकालाई संक्रमणमा पर्ने क्रम बढेको उनले जनाए ।

‘बालबालिकाको चुलबुले बानी हुन्छ । आफैं जोगिन जान्दैनन् । अभिभावक सचेत हुन सकेमात्र बालबालिकालाई जोगाउन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि साना बच्चा भएका र अलग बस्‍ने खाने व्यवस्था नभएका घरलाई होम आइसोलेसनमा बस्न नदिन पालिकाहरुलाई आग्रह गरेका छौं ।’

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully