होटललाई आइसोलेसन बनाइने

मकर श्रेष्ठ

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाभित्रका होटललाई आइसोलेसन सेन्टर बनाउने भएको छ ।

होटललाई आइसोलेसन बनाइने

उपत्यकामा संक्रमितको संख्या दैनिक ४ सय भन्दा बढी भएपछि होटललाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न लागिएको हो ।

स्वास्थ्य सेवा विभागले उपत्यकाभित्रका होटललाई आइसोलेसन बनाउन सूचीकृत गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मन्त्रालयले तोकेका आइसोलेसन केन्द्रहरुमा बेड अभाव भएमा होटल प्रयोग गर्न लागिएको उनले बताए ।

एक जना व्यक्ति बराबर दुई हजार रुपैयाँ भुक्तानी गरेर विभागले संक्रमितलाई राख्‍ने व्यवस्था गर्न लागेको उनले बताए । त्यस्तै, संक्रमित व्यक्तिहरु आफ्‍नै खर्चमा विभागले व्यवस्था गरेको होटल वा अन्य होटलमा बस्न चाहेमा स्वीकृत दिने उनले बताए ।

उपत्यका बाहिर हरेक प्रदेशको समाजिक विकास मन्त्रालय मार्फत होटल चयनको निर्णय भएको मन्त्रालयले जनाएको छ । होटल आइसोलेसन सम्बन्धि छुट्टै निर्देशिका जारी गर्ने मन्त्रालयले जनायो ।

प्रकाशित : भाद्र १४, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?