कोरोनाबाट नवलपरासी पूर्वमा एक पुरुषको मृत्यु

भाद्र १३, २०७७

नारायण शर्मा

नवलपरासी — विनयी त्रिवेणी गाउँपालिकामा एक ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण शनिबार चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर-६ त्रिवेणीधामका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।

ती पुरुषलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully