काठमाडौँ — कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार दिउँसो महोत्तरीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
भदौ ९ गते पाटन अस्पताल भर्ना भएकी ती महिलाको शनिबार दिउँसो साढे एक बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसअघि शुक्रबार राति र शनिबार बिहान गरी पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । शुक्रबार राति काठमाडौंकी एक जना र शनिबार बिहान भक्तपुरकी एक गरी दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।
