हेटौंडा — कोरोना भाइरसको संक्रमणका हेटौंडा–५, सानोपोखराकी ४९ वर्षीया एक महिलाको मृत्यु भएको छ । मिर्गौला रोगले पीडित समेत रहेकी उनको शनिबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
कोभिड-१९ आईसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
डायलसिस गर्नका लागि उनी साउन २७ गते चितवन मेडिकल कलेज गएकी थिइन् । उनको तीन पटकसम्म डायलसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै मकवानपुरमा कोरोना भाइरस संक्रमित भई मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
