७ जना प्रहरीसहित थप ५७ जनामा कोरोना स‌ंक्रमण

भाद्र १२, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना प्रहरीसहित थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पर्साका ४२ जना, बाराका १२, रौतहटका दुई र एक जना सर्लाहीका हुन् ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बिहीबार राति ३ सय ८ जनाको स्वाब परीक्षण गर्दा १७ जना महिलासहित ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ जनामा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि कम भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका ७ जना प्रहरी र दुई जना थुनुवामा पनि कोरोना पोजिटिभ देखिएको डीएसपी मनोजित कुँवरले बताए ।

बाराको फेटा गाउँपालिकामा ७ जना र सिम्रौनगढ, गन्जभवानीपुर, बारागढी, महागढीमाई, छातापिप्रामा एक/एक जना संक्रमति थपिएका हुन् । रौतहटको रायपुर तुल्सीमा दुई जना र सर्लाहीको गहरियामा एक जनामा कोरोना पुष्टि भएको हो । पर्साको पर्सागढी नगरपालिका र कालिकामाई गाउँपालिकामा दुई/दुई जना संक्रमित थपिएका हुन् ।

बिहीबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिका–१५ राधेमाईमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । वीरगन्जको श्रीपुरमा चार जना, अशोकवाटिका र नगवामा तीन/तीन जनामा कोरोना पोजिटिभ देखिएको छ । छपकैया, पानीट्यांकी र लिपनीविर्तामा समेत संक्रमित थपिएको नारायणी अस्पताल प्रयोगशालाले जनाएको छ । 

कोरोना भाइरस

भूषण

Link copied successfully