झापाका ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

भाद्र १२, २०७७

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाका एक जना  कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार राति ११ बजे उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार  कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिइन् ।

कमल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि मिर्गौलाका बिरामीसमेत रहेका ती पुरुष संक्रमित भएका थिए ।  मृतकको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको थियो । उनको  मेची प्रादेशिक अस्पतालको आइसोलसेनमा उपचार भइरहेको छ । 

कोरोना भाइरस

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully