कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो, २४ घन्टामा थप ७ को मृत्यु

भाद्र ९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

१ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् ।

त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully